१ असार २०८३, सोमबार
,
Latest
इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधार, संस्थागत विकास र प्रविधिमैत्री निर्वाचनमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्वेतामाथि बज्रपात, ट्युमरको अप्रेसनपश्चात् पक्षघातको समस्या



अ+ अ-

केही दिनअघि मात्र भारतबाट गर्धनको ट्युमरको शल्यक्रिया गरेर नेपाल फर्केकी नायिका तथा निर्मात्री श्वेता खड्कालाई ट्युमरको अप्रेसनपश्चात् पक्षघातको समस्या भएको छ।

देब्रे गर्धनमा देखिएको ट्युमरको दिल्लीस्थित बीएलके सुपर स्पेसियालिटी अस्पतालमा सफल शल्यक्रियापश्चात् उनी नेपाल फर्केकी थिइन्। नेपाल फर्केपछि पहिलो पटक फिल्म जात्रैजात्रा हेर्नका लागि सार्वजनिकरूपमा निस्किँदा आफँलाई पक्षघातको समस्या भएको र आराम गर्नुपर्ने तथा फिजियोथेरापी उपचार पद्धतिबाट उपचार गराइरहेको उनले बताएकी छिन्।

चलचित्र ‘हेलो जीन्दगी’को छायांकनका लागि लण्डन पुगेकी खड्कालाई च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा ट्यूमर भएपछि डाक्टरको सल्लाहमा दिल्ली गएकी उनले आफ्नो फेसबुक स्ट्याटसमार्फत जानकारी दिएकी थिइन्।

आफूलाई ठीक हुन तीन महिनादेखि १ वर्ष वा जति पनि लाग्न सक्ने श्वेताले बताएकी छिन्।