१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक टोल एक सार्वजनिक शौचालय



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाले नगरलाई सफासुग्घर राख्ने उद्देश्यले टोलटोलमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । पोखरामा नागरिक चाप अत्यधिक भएको स्थलमा चालू आर्थिक वर्षमा १० सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य राखिएको हो ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शौचालय निर्माणका लागि रु एक करोड विनियोजन गरिएको र क्रमिकरूपमा नगरपालिकाको टोलटोलमा सार्वजनिक शौचालय निर्माण गरिने जानकारी गराउनुभयो । पोखराको हल्लनचोक र डेभिजफल्समा पूर्ण अपाङ्गतामैत्रीसहितका शौचालय निर्माणकार्य अघि बढेको महानगरपालिकाको शहरी पूर्वाधार महाशाखाले जनाएको छ ।

सोअनुरुप पोखराको वडा नं ७ स्थित मालपोत, वडा नं १ स्थित हरिचोक, वडा नं २५ को मिलनचोक, वडा नं २६ को राखीडाँडा, वडा नं २८ को रत्नशोभा माविको परिसर, वडा नं १८ को भकुण्डे, वडा नं २१ को दोबिल्ला वनभोजस्थल र गौरीशङ्कर आधारभूत विद्यालयको परिसरमा आधुनिक शौचालय निर्माण गरिने सो महाशाखाले जनाएको छ ।

यसका साथै प्रदेश सरकारले पोखराको चार ठाउँमा स्मार्ट शौचालय निर्माणका लागि रु ५० लाख सहयोग गरेको छ । हल्लनचोक, डेभिजफल्स, पोखरा–७ स्थित मालपोत र वडा नं १ स्थित हरिचोकमा स्मार्ट शौचालय निर्माण गरिने जानकारी गराइएको छ ।

यसैबीच, पोखरा–२१ मा सार्वजनिक शौचालय निर्माणको काम शुरु भइसकेको वडाध्यक्ष खगराज आचार्यले जानकारी गराउनुभएको छ । यस वडाका ३१ वटै टोलमा एक÷एक सार्वजनिक शौचालय निर्माण गरिने लक्ष्य राखिएको उहाँले बताउनुभयो । महानगरपालिकाका विभिन्न टोलका साथै व्यस्त ठाउँमा शौचालय निर्माण भएपछि सरसफाइका साथै सर्वसाधारणले राहतको अनुभूति गर्ने विश्वास लिइएको छ ।