१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमाञ्चाल विकास मञ्चको स्मारिका विमोचन



अ+ अ-

काठमाडौँ । पश्चिमाञ्चल विकास मञ्चद्धारा प्रकाशित स्मारिकाको विमोचन भएको छ । शुक्रबार एक आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठ र मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकालले विमोचन गर्नुभएको थियो ।

सो स्मारिकामा नेपालको साविक पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय तथा आर्थिक लगायातका क्षेत्रहरुका बारेमा समेटिएको छ ।

उक्त मञ्च साविकको पश्चिमाञ्चल विकास मञ्चका तीन अञ्चल गण्डकी, धौलागिरी र लुम्बिनीलाई समेटेर त्यस क्षेत्रको विकासका लागि राष्ट्रिय प्रयास र दृष्टिकोण जुटाउने उद्देश्यले गठन गरिएको हो ।

उक्त स्मारिकाको विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले पञ्चिमाञ्चल विकास मञ्च आफूहरु देशको पश्चिम क्षेत्रमा जन्मिएपनि अध्ययन अध्यापन तथा विभिन्न कामको सिलसिलामा देशको विभिन्न भूभागमा पुगेका भएपनि आफ्नो कर्मथलोबाट जन्मथलोलाई हेर्ने एक उत्कृष्ट मञ्च हो भन्नुभयो ।

उक्त मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश अहिले संघीय शासन प्रणालीमा गएको भए पनि साविकको पश्चिमाञ्चाल विकास क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि एक भएर साझा चौतारीका रुपमा काम गर्नेगरी स्थापना भएको विशुद्ध सामाजिक संस्थाका रुपमा स्थापना भएकोले सोही बमोजिम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले यस क्षेत्रको भूगोल, पर्यावरण, धार्मिक तथा सांस्कृतिक धरोहर तथा अरु कैयन् अद्धितीय सम्पदाहरुका कारण देशको पश्चिमाञ्चल क्षेत्र नेपालकै एक अलौकिक सम्भावनायुक्त क्षेत्र भएको बताउँदै उत्तर र दक्षिणी छिमेकी जोड्ने गण्डकी प्रदेश नेपालका सबै प्रदेशहरुभन्दा आर्थिक हिसाबले पनि अधिक सम्भावनायुक्त हो भन्नुभयो ।

संविधान सभाका पुर्व सदस्य प्रा.डा.गणेशमान गुरुङले उक्त स्मारिकाले देशको पञ्चिमाञ्चल क्षेत्रको विकासका लागि धेरै सम्भावनाहरुलाई उजागर गरिदिएको छ भन्दै प्रदेश सरकारलाई आफ्नो योजना बनाउन उक्त स्मारिकाको अध्ययन गर्न आग्रह गर्नुभयो ।