२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धेरै चर्चित अनुहारले जिते तर कन्हैयाकुमारले हारे



अ+ अ-

काठमाडौं । जेएनयू विद्यार्थी युनियनका पूर्वसभापति कन्हैयाकुमार सबैभन्दा चर्चित उम्मेदवार थिए । जेएनयूका प्रोफेसरदेखि विद्यार्थी नेता, स्वारा भास्करजस्ता कलाकारदेखि जावेद अख्तरसम्मका साहित्यकार उनको प्रचारमा आएका थिए ।

यो क्षेत्रमा कन्हैयाको दल सिपिआईले एक लाख ९२ हजार मत मात्र प्राप्त गरेको थियो । यसपालि कन्हैयाले एक लाख मत बढाए । तर, मोदीको आँधीका अगाडि उनको जोर चलेन ।

उनले दुई लाख ६७ हजार मात्र मत प्राप्त गरे । केन्द्रीय मन्त्री तथा भाजपा उम्मेदवार गिरिराज सिंहले ६ लाख ८७ हजार मत प्राप्त गरे । यसरी चार लाख २० हजारको मतान्तरले कन्हैया पछाडि परे ।

तर, भाजपाको प्रतिनिधित्व गरेका धेरैजसो सेलेब्रिटीले चुनाव जितेका छन् । मथुराबाट हेमा मालिनीले जित दोहोर्‍याएकी छिन् भने उनका छोरा सन्नी देवलले पञ्जाबको गुरदासपुरबाट पहिलोपटक चुनाव जितेका छन् ।

त्यस्तै, भोजपुरी स्टार रविकिसनले गोरखपुरबाट पहिलोपटक चुनाव जितेका छन् भने मनोज तिवारीले दिल्लीबाट जित दोहोर्‍याएका छन् ।

दिल्लीमा संगीतकार हंसराज हंसले पनि भाजपाबाटै चुनाव जितेका छन् । त्यस्तै, क्रिकेटर गौतम गम्भीरले दिल्लीबाटै चुनाव जितेका छन् । भाजपाबाटै टिकट पाए पनि जयप्रदाले उत्तर प्रदेशको रामपुरबाट हारेकी छिन् ।

उनलाई समाजवादी पार्टीका आजम खानले हराएका छन् । भाजपाले टिकट नदिएपछि शत्रुघन सिन्हालाई यसपालि कंग्रेसले साथ दिएको थियो, तर पटना साहिवका जनताले साथ दिएनन् । त्यस्तै, मुम्बईमा कंग्रेसकै तर्फबाट उठेकी उर्मिला मातोडकरले पनि चुनाव जित्न नसकेको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।