२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाप्लुसी कि परराष्ट्र नीति ?, मोदीलाई बधाई दिन प्रधानमन्त्री र प्रचण्डको हानथाप !



अ+ अ-

काठमाडौं । भारतको तल्लो सदन लोकसभा निर्वाचन मतगणना चलिरहेको बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।

यता नेपालमा बारम्बार प्रधानमन्त्रीको पदमा बिराजमान भइसकेका प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री ओलीले लोकसभा निर्वाचनको मतगणना चलिरहेका बेला जितको शुभकामना दिए । उनिहरुले बधाई दिँदा न भारतमा चुनावको नतिजा सार्वजनिक भएको थियो न त प्रधानमन्त्री मोदीले बहुमत ल्याएको घोषणा नै । त्यति बेलासम्म पनि भारतीय संचार माध्यमहरुले फलानो ठाउँमा फलानो पार्टी र फलानो नेताले अग्रता कायम गरिरहेका छन भनेर बारम्बार फुकिनै रहेको थियो ।

तर यता प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री भारतीय मिडियाभन्दा पनि तेज देखियो । प्रधानमन्त्री ओलीले नेपाली समय अनुसार दिउँसो १२ बजेर ३५ मिनेट जादाँ मोदीलाई भयंकर ठूलो जित हासिल गरेको भन्दै बधाई दिए । उनले आफ्नो ट्विटरबाट मोदीलाई बधाई दिँदै आगामी दिनमा आपसमा नजिक रहेर काम गर्ने समेत बाधा गर्न भ्याए ।

यता अर्का पूर्व प्रधानमन्त्री दाहालले पनि नतिजा नआउँदै बधाई दिन भ्याए । उनले नेपाली समय अनुसार दिउँसो २ बजेर २७ मिनेट जादाँ मोदीलाई बधाई दिए । उनले बधाई दिदै गर्दा उता मत परिणमको नतिजा सार्वजनिक भएको थिएन् । तर उनले मोदीलाई भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना दिन भ्याए ।

प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री दाहालले नतिजा अगाडि नै बधाई दिँदै गर्दा उनिहरुलाई सामाजिक संजालमै गाली गर्नेको भिड नै लागेको थियो ।

जनक अवस्थीले प्रधानमन्त्री ओलीको टुइटमा नै लेखिदिए–

कस्तो हतार हो हौ ? पूर्ण नतिजा आइसक्या छैन त ? संसारमै बधाई दिने पहिलो सरकार प्रमुख हुनु भएछ तपाइलाई बधाई छ प्रधानमन्त्री ज्यू । नेपालीले पाए गर्छन के…..

सागर भुसालले लेखे –

हैट कहाँ आयो र नतिजा? यो त अग्रता मात्र हो कतै पनि पुर्ण नतिजा आइसकेको छैन। अग्रता छ मोदीको तर जितेको चाहिँ छैन।

डोलु आले मगरले लेखे

हैन के को हतारो हो ? कम्तीमा पूर्ण नतिजा आएपछि शुभकामना दिए हुन्न ? राष्ट्रवादीहरुको चाकडी गर्न पनि कति हतारो गरेको हँ ?

जीवन शर्माले लेखे –

पहिलो दिनमै खटपट सुरु भईसकेछ। केहि दिन त पर्खनु होस्। सिता भृकुटि जन्मेको, ऋषिभुमी पशुपतिको दैलोमा होलीवाईन पीलाउनु भयो नमो रिसले क्रुर होईसिन्छ। ३२ कोटि देउता भाकेर जप क्षमायाचना गरे राम्रो, यदि नमिले जिते भने ६ महिना सरकार टिक्न दिए भाग्य।

यता बाबुराम फुयाँलले लेखे –

ए बा ! तपाईं आफ्नो मौलिक लिपिमा पनि बधाई ज्ञापन गर्नु न हौ । हेनुस बा ! जस्ले आफ्नु धर्म , संस्कार र परम्परा को चौकिदारी गर्यो उसलाई आज सारा भारतले विजय गरायो । केहि धर्मछाडाहरु जो हाम्रामा छन् । तिनले केहि त सिक्लान कि ? धेरै धेरै बधाई बैदिक सनातनिका युग पुरुष नरेन्द्र मोदि जि।

यता बिष्णु पाण्डेले लेखे –
प्रारम्भिक मतपरिणाम मै बधाई दिन हतार नगरेको भए राम्रो हुने थियो।जसले जिते पनि उनिहरुको बिदेश नितिमा परिवर्तन हुदैन हाम्रो जस्तो होइन्। जितुन शुभकामना । तर नाकाबन्दी भने भुलेका छैनौं हामी ३ करोड नेपालीले।

कपिल पौडेलले लेखे–


आफ्नो धर्म र कर्म नछोड्ने हरु सधै सफल हुन्छन् भन्ने उदाहरण हुन् मोदि । आज यहाँ धर्म बेच्ने हरुले राम्रै सँग सिके हुन्छ ओम नमं शिवाय

नेपाली जनातहरुमा त सामन्यभन्दा सामान्य कुराको राजनीतिक ज्ञान हुने गर्दछ भने प्रधानमन्त्रीको पदमा खुट्टा पसारेर राष्ट्रवादीको खोल ओडेर लिसो झै कुर्सीमा टासिएर बसेका नेताहरुलाई सामान्य कुराको ज्ञान नै भएन । उनिहरुलाई थाहा नै थिएन वा सल्लाहकारले थाहा नै दिएनन् चुनावमा पूर्ण नतिजा आएपछि मात्रै बधार्इ दिनुपर्ने हो । तर सरकार टिकाइ राख्न र पार्टीका लागि भारतीय आर्थिक सहयोग झिकाइ राख्न नेपाली राजनेताहरु गद्दिको समेत प्रवाह नगरी चाप्लुसी गर्नमा किन यति हतारमा हुन्छ भन्ने कुराको चुरोमा पुग्न खासै दिमाग लगाउन नपर्ने देखिन्छ ।

भारतको गुलामीमा चुर्लुम डुबेका नेताहरुले आज आफुलाई सल्लाह दिने पिय अर्थात सल्लाहकारमा मान्छे मर्दा हार्दिक संवेदना दिनुपर्ने ठाउँमा हार्दिक बधाई दिने अनपढ आफन्तको भर्ति केन्द्र बनाएकोले होला हाम्रो देशमा राजनीतिक पदमा बस्ने नेताको बेला बेलामा चर्को आलोचना हुँदा समेत कुन बेलामा के भन्ने र के नभन्ने कुराको ज्ञान लिन सकेनन् ।