२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ का मुख्यमन्त्रीले भने–’संघले आफ्ना कर्मचारी लगे हुन्छ’



अ+ अ-

काठमाडौं । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले विधेयक पारित भएपछि संघीय सरकारले आफ्ना कर्मचारी फिर्ता लैजान सक्ने बताएका छन् ।
आफ्नै कर्मचारी भर्ना गर्न टेबुल गराएको निजामति सेवा विधेयकमाथि प्रदेससभा बैठकमा बुधबार सांसदले राखेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

विधेयकले ‘आफ्नो शासन, आफनै प्रशासन’ भन्ने संघीयताको मुल मर्मलाई संस्थागत गर्ने दाबी गर्दै उनले उक्त विधेयक संघीयता कार्यान्वयनका लागि कोशेढुंगा भएको दाबी गरे । प्रदेशसभामा सोमबार टेबुल गरिएको उक्त विधेयकमा दुई दिनपछि बुधबार सैद्धान्तिक छलफल गरिएको हो । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।