१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसभा चुनाव : भोली मतगणना हुने, मोदी पुनः शक्तिमा आउने संम्भावना



अ+ अ-

काठमाडौं । भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४३ स्थानका लागि भएको मतदानको गणना भोलीदेखि हुने भएको छ ।

नेपाली समय अनुसार भोली बिहान साढे सातदेखि मतगणनाको सुरु गरिने भारतीय संचार माध्यमहरुले जनाएको छ । यसपटक भारतमा विद्युतीय माध्यमबाट मतदान भएको बारण भोली नै नतिजा सार्वजनिक हुन सक्ने दाबी गरिएको छ ।

निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवारको भाग्यको फैसला हुनेछ । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बनेका छन् । उनलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिएका छन् ।

मतगणना हुनु पूर्व नै मतपरिणामका सर्वेक्षणहरु सार्वजनिक भएका छन् । एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी पुनः शक्तिमा आउने देखिएको छ ।

एग्जिट पोल अन्तर्गत रिपब्लिक/सी भोटरका अनुसार भाजपाले ३ सय , काँग्रेस गठबन्धनले करिब १ सय २० स्थानमा जित हासिल गर्न सक्ने देखिएको छ ।