१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कूटनीतिक मर्यादामा बस्न अमेरिकी राजदूतलाई नेता नेपालको सुझाव



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कूटनीतिक मर्यादामा बस्न अमेरिकी राजदूतलाई सचेत गराएका छन् ।

‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेपछि अमेरिकी राजदूत र्‍याण्डी बेरी विवादमा परेका छन् । परराष्ट्र मन्त्रालयले समेत यसो नगर्न आग्रह गरेको छ ।

बुधबार संघीय संसद परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पारे ।

वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेट गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन त्यसको पालना गर्नेपर्ने पनि उल्लेख गरे ।

नेकपाकै अर्का नेता भीम रावलले राजदूतले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दावी पनि गरे ।

कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पनि सरकारको अनुमतिविना राजदूतले जनतासँग प्रत्यक्ष कार्यक्रम गर्न नमिल्ने बताए ।

अमेरिकी राजदूत बेरीले आगामी सोमबारबाट ‘राजदूतसँग गफगाफ’ नामक संवाद कार्यक्रम सञ्चालन गर्ने बताएका थिए ।