२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार–विप्लव अनौपचारिक संवादमा



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सरकारले अनौपचारिक संवाद अघि बढाएको छ । यसअघि विभिन्न राजनीतिक समूहसँग वार्ता गर्न गठित सोमप्रसाद पाण्डे नेतृत्वको समितिले नै चन्द नेतृत्वको पार्टीसँग अनौपचारिक कुराकानी गरिरहेको वार्ता टोलीका एक सदस्यले बताए ।

‘सरकारले सुरुमा धरपकड र पक्राउ गरेर दमन गर्ने नीति लिएको थियो, त्यो चरण पूरा भयो,’ तत्कालीन वार्ता टोलीका सदस्यले भने, ‘अब संवाद गर्ने भन्ने छ । प्रधानमन्त्रीज्यू पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।’ प्रधानमन्त्रीले पनि विप्लवप्रति नरम नीति लिएको र आक्रामक अभिव्यक्ति दिन छाडेको ती सदस्यले बताए ।

वार्ताका लागि प्रधानमन्त्री सचिवालयका टिम र तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेसमेतको टोली खटिएको छ । उनीहरूले विप्लव नेतृत्वको नेकपाका दोस्रो तहका नेतालाई भेटेर वार्ताको वातावरण बनाउन थालेका छन् ।

सरकारद्वारा प्रतिबन्धित नेकपाका पोलिटब्युरो र केन्द्रीय समितिका नेताहरू पनि वार्ताकै पक्षमा देखिएका छन् । ‘महासचिवज्यू वार्ता गर्नुहुँदैन भन्ने पक्षमा हुनुहुन्न,’ प्रतिबन्धित नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘सरकारले एजेन्डासहित शीर्ष तहबाट वार्ता टोली बनाए बस्नुपर्छ भन्ने पक्षमा हामी छौँ ।’, नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।