२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ वर्षअघि निधन भएका कर्मचारीको सरुवा



अ+ अ-

काठमाडौं । कर्मचारी समायोजनका क्रममा १५ वर्षअघि निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा सांसद देवेन्द्रराज कँडेलले प्युठान घर भई सडक कार्यालय दाङका अपरेटर हरिबहादुर विष्टको १५ वर्षअघि मृत्यु भए समायोजन हुँदा सडक विभाग काठमाडौंमा सरुवा गरिएको खुलासा गरेका हुन् ।

उनले भने, “हाम्रो निजामती प्रशासन कस्तो ढङ्गले चलिरहेको छ भन्ने उदाहरणका रुपमा यो घटनालाई लिन सकिन्छ, विष्टको परिवारले राज्यबाट पाउनुपर्ने सबै सुविधा पहिले नै लिइसकेका छन्, १५ वर्षअघि बितिसकेका कर्मचारीको अहिले सरुवा भएको छ ।” उक्त समितिमा अहिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि केही दिनदेखि दफाबार छलफल चलिरहेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।