१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करारमा कार्यरत कर्मचारीहरुलाई उपदान दिने व्यवस्था गर्न सरकारसँग काँग्रेसको माग



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उसले गरेको सेवा अवधिको मूल्याँकन गरी उपादान दिन सरकारसँग माग गरेका हुन् ।

उनले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्धबाट करारमा कार्यरत कर्मचारीहरुलाई बञ्चित गराउन नहुने तर्क पनि गरे । नेता बडुले करारमा कार्यरत कर्मचारीले गरेको सेवा अवधि बराबरको उपादानको व्यवस्था गर्दा उपयुक्त हुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।