१ असार २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन विज्ञान विश्वविद्यालयका प्राध्यापकलाई कालोमोसो दल्ने ६ विद्यार्थी पक्राउ



अ+ अ-

चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका सहायक डिन प्रा. विष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, सन्तोष खतिवडा, विभोर गौली र सुशन पौडेल रहेका छन् । उनिहरु छैटौं समेष्टरका विद्यार्थी थिए ।

यसअधि विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले उनिहरुलाई ६० दिनका लागि निष्कासन समेत गरेकने थियो । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार प्रा ओझाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि विद्यार्थीलाई पक्राउ गरिएको हो ।

यी विद्यार्थीहरुको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै कालोमोसो र जुत्ताको माला लगाएका थिए ।