१ असार २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पे बार्सिलोना र म्याड्रिड जाने कुरा हल्ला मात्रै, आउँदो सिजन पनि पीएसजीमै रहने



अ+ अ-

काठमाडौं । फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पे घरेलु क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमै रहने भएका छन् ।

सोमबार राति पीएसजीले आफ्नो क्लबको इतिहासका लागि एम्बाप्पे आउँदो सिजन पनि पीएसजीमै रहने बताएको छ । पीएसजीले एम्बाप्पेलाई सन् २०२३ सम्मै क्लबमा राख्न खोजेको छ ।

उनलाई सन् २०१७ मा मोनाकोबाट हस्ताक्षर गराएर पीएसजीले क्लबमा अनुबन्धन गरेको थियो ।एम्बाप्पेले लिग वानको प्लेयर अफ द इयर अवार्ड जितेपछि नयाँ परियोजनाको बिषयमा बोलेपछि क्लब छाड्ने सम्भावना देखिएको थियो ।

संचार माध्यमले पनि उनि स्पेनीस कल्ब बार्सिलोना र रियल म्याड्रिड जाने बताएका थिए । तर कल्बले उनलाई नबेच्ने बताए ।

एम्बाप्पेले पीएसजीमा ८६ खेलमा ५९ गोल गरेका छन् । दुई उपाधि र एक फ्रेन्च कप जितेका छन् । एम्बाप्पे यस सिजनमा लिगमा २८ खेलमा ३२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । उनले आठ गोलका लागि सहयोग गरेका थिए ।

एम्बाप्पेले च्याम्पियन्स लिगमा ८ खेलमा ४ गोल गरेका थिए भने ५ गोल गर्न सघाएका थिए । कप डे फ्रान्समा उनले ४ खेलमा २ गोल गर्दा ३ गोलका लागि सघाउ पुर्याएका थिए ।

समग्रमा यो सिजनमा उनले ४२ खेलमा ३८ गोल गरेका थिए भने १७ गोलका लागि एसिस्ट गरेका थिए ।

२० वर्षीय एम्बाप्पेले रुस विश्वकपमा युवा खेलाडीको उपाधि जितेका थिए ।