१ असार २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवजोत सिंह सिद्धूलाई कांग्रेसले कार्वाही गर्ने



अ+ अ-

काठमाडौं । कांग्रेस नेता तथा मन्त्री नवजोत सिंह सिद्धूलाई कांग्रेसले कार्वाही गर्ने भएको छ । सिद्धूको बयानबाट धेरैजसो मन्त्री उनको विपक्षमा गएपछि उनलाई पार्टीले कार्वाही गर्ने भएको हो ।

सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री सुखजिन्दर सिंह रन्धावा, पृप्त राजिन्दर सिंह बाजवा, साधू सिंह धर्मसोतले सिद्धूको बेतुके बयान बाजीप्रति असन्तुष्टि जनाएका हुन् ।

सिद्धूले त्यस्ता व्यक्तिलाई ठोकिदेउ जसले मिलेर काँग्रेसको ढाडमा छुरा घोपेका छन् भनेका थिए । उनले गुरु ग्रन्थ साहिबको पन्जाबी आत्मामा चोट पुगेको र सबै सिख समुदाय आहत भएको भन्दै केही काँग्रेसी नेताकै कारण यस्तो भएको बताएका थिए ।

सिद्धू आफ्नी पत्नी डा नवजोत कौर सिद्धूलाई चन्डिगढबाट लोकसभामा कांग्रेसले टिकट नदिएपछि भड्किएको बताइएको छ ।
अन्तिम समयमा आएर कौर सिद्धूको ठाउँमा पूर्व रेल मन्त्री पवन बन्सललाई टिकट दिइएको थियो ।

सिद्धूलाई लोकसभा चुनावको परिणाम आएपछि कार्वाही हुने बुझिएको छ ।