१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी दूतावास नजिक बिस्फोट



अ+ अ-

बग्दाद । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतबार बिस्फोटको आवाज आएको छ । स्पुटनिक समाचार समितिका अनुसार बिस्फोटबाट कुनै क्षति भएको छैन ।

इराकी अधिकारीहरुले उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, अमेरिकी दूतावास नजिकै ठूलो बिस्फोटको आवाज आएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

संयुक्तराज्य अमेरिकाले केही सरकारी कर्मचारीलाई इराक तत्काल छाड्न आदेश दिएको केही दिनभित्रै उक्त बिस्फोटको आवाज आएको हो ।

अमेरिकी विदेश मन्त्रालयले पनि आफ्ना नागरिकलाई इराक भ्रमण नगर्न अनुरोध गरेको छ ।

अमेरिकाले इराक समेत समग्र मध्यपूर्वमा आतङ्कवाद, अपहरण र सशस्त्र द्वन्द्वको अवस्था रहेको भन्दै अमेरिकी नागरिकलाई यस क्षेत्रको भ्रमण गर्दा सावधानी अपनाउन भनेको छ ।