२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन सम्पर्क पछि महिलाहरुलाई आउन्छ यस्तो आनन्द



अ+ अ-

काठमाडौं । जिवन र यौनका बारेमा धेरैले धेरै कुरा गरे पनि यौनले मानब जिवन धानेकोमा दुइमत छैन् । यौन सम्पर्कको बेलामा प्राप्त हुने चरमसुख विषयमा पनि विभिन्न विवादहरु छन् । यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वासहरु रहेका छन् । कतिपय महिलाले कहिल्यै पनि चरमसुख प्राप्त गर्दैनन् भन्ने मतमा अडिएका हुन्छन् भने कतिपयले महिलाले चरमसुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा आ आफ्ना तरिका पस्किरहेका हुन्छन् ।

तर जे होस् सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ । महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरुले विभिन्न ६ वटा तथ्य पत्ता लगाएका छन् । न्यू साइन्टिस्ट म्यागेजिनमा छापिएको समाचार अनुसार महिलाको चरमसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्य यसप्रकार रहेका छन् ।

१. महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो । त्यसै कारण पनि महिलालाई चरम सुख प्राप्त हुन्छ ।

२. चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांस भाग निस्क्रिय हुन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ, अरु विषय स्वतः निस्कृय हुन्छन् । अझ चरम सुखका बेला त संवेदनाको अनुभुति गर्ने क्षेत्र समेत निस्कृय हुन्छ ।

३. धेरै महिलाले चरम सुख प्राप्त गर्नै सक्दैनन् । सन् १९९९ मा अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । यसको निस्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ ।

४. चरमसुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धान अनुसार चरमसुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौन सुखको अनुभुति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छ ।

५. चरमसुख दिने प्रविधि बन्दैछ । जैविक कारणले नै चरमसुख पाउनबाट बञ्चित महिलाहरुलाई यौनसुखको अनुभुति दिलाउनका लागि वैज्ञानिकहरुले प्रविधिको विकाश गरिरहेका छन् । यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको सुसुम्ना अर्थात् ढाडभित्रको नसामा जोडिनेछ जसले महिलामा चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ ।

६. यति हुँदाहुँदै पनि महिलाको चरमसुखका विषयमा रहेका भ्रम सबै मेटिन सकेका छैनन् र यो विषयमा रहेका सबै प्रश्नको उत्तर प्राप्त भैसकेको छैन । यो विषय क्रम विकाशका वैज्ञानिका लागि पनि निकै कठीन विषय बनिरहेको छ । कतिपयले त यौन सुख महिलाका लागि अनावश्यक बोझ भएको पनि बताउँछन् । महिलाहरुमा यौन सन्तुलन कायम राख्ने क्षमता पति उत्तिकै हुन्छ । एजेन्सी