२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले दिए इरानलाई सिध्याइदिने धम्की



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने धम्की दिएका छन् । उनले अमेरिकालाई नधम्काउन पनि चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त हुनेछ । अमेरिकालाई कहिल्यै धम्की नदिनू ।’

ट्रम्पको यो ट्वीटलाई लिएर अमेरिका र इरानबीच युद्धको बादल मडारिन थालेको टिप्पणी हुन थालेको छ । इरान परमाणु सम्झौतालाई लिएर अमेरिका र इरानबीच केही दिनयता तनाव बढ्दै गएको छ । अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियारसहित आफ्ना सेनाको तैनाथी बढाएको छ ।

सन् २०१५ मा इरानसहित अमेरिका, चीन, रुस, ब्रिटेन, फ्रान्स र जर्मनीबीच परमाणु सम्झौता भएको थियो । यो सम्झौताको उद्देश्य इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउनु थियो । अमेरिकाले गत वर्ष यस सम्झौता तोडेको थियो । इरानले पनि अहिले सम्झौताबाट आंशिक रुपमा अलग भएको जनाएको छ, अर्थात् सम्झौताका केही सर्त नमान्ने घोषणा गरेको छ ।

चीन, रुस, ब्रिटेन, फ्रान्स र जर्मनी भने अहिले पनि परमाणु सम्झौतामा सामेल छन् । इरानमाथि प्रतिबन्ध लगाएर ट्रम्प प्रशासनले उसको अर्थव्यवस्थामा नोक्सान र्पुयाएको छ । इरानको मुद्राको मूल्य सबैभन्दा तल्लो स्तरमा पुगेको छ र महंगीको दर करिब चौगुणाले बढेको छ । त्यसैले इरानले भने आफूमाथि लगाइएका प्रतिबन्ध नहटाए फेरि युरेनियम उत्पादन र बिक्री सुरु गर्ने चेतावनी दिएको छ ।