२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका बम्जन देखा परे



अ+ अ-

सिन्धुली । अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन शुक्रबार कमलामाई–८ पैरेस्थित आश्रममा देखापरेका छन् । प्रहरीले खोजी गर्न थालेपछि उनी ६ महिनादेखि सार्वजनिक भएका थिएनन् ।

अनुयायीले बम्जन पुसदेखि पैरे आश्रममा रहेको बताउँदै आएका थिए । प्रहरीले भने खोजी गर्दा नभेटिएको जनाउँदै आएको थियो । तर, शुक्रबार बोधी श्रवण धर्म संघ सिन्धुलीले आयोजना गरेको १४ औं विश्व शान्तिमैत्री पूजामा अनुयायीसँगै उनी सार्वजनिक भए । २३ राष्ट्रबाट ४ सय महात्मा गुरुसहित शुक्रबार ६ हजारभन्दा बढीलाई बम्जनले दर्शन दिएको संघका केन्द्रीय सदस्य छत्र घिसिङले बताए ।

‘बिहीबारदेखि आश्रममा आयोजित अनुष्ठानमा गुरुले सबैलाई दर्शन दिइरहनुभएको छ’, उनले भने, ‘यो पूजामा शुक्रबार दिउँसोसम्ममा विभिन्न देशका नागरिकसहित ६ हजारभन्दा बढीले दर्शन गरेका छन् । गुरुको दर्शन शनिबार साँझसम्म गर्न पाइन्छ ।’ यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।




भर्खरै