२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध कसरी ‘नेपाली’ भए ?



अ+ अ-

काठमाडौं ( बुद्ध कहाँ जन्मेका हुन् ?

यो प्रश्न नेपालभित्र गरियो भने धेरैको जवाफ सीधा हुन्छ– नेपालमा ! यो प्रश्न नेपालबाहिर गरियो भने पनि बुद्धबारे जान्ने–बुझ्नेहरूले सही उत्तरमा ‘नेपाल’ नै भन्नुपर्छ । अचेल कति युवा ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने गन्जी पहिरेर अभिमानसहित हिँडिरहेका भेटिन्छन् । कति लेखक–साहित्यकार नेपालको परिचय दिनुपर्यो भने भन्छन्– यो बुद्धको देश हो !

यथार्थमा बुद्ध र बुद्ध जन्मभूमिबारे नेपाली समाजमा पर्याप्त अवधारणागत भ्रमहरू छन् । ती भ्रमबारे निकै कम मान्छे बोल्छन् । कति बोल्दै–बोल्दैनन् । किनभने बुद्ध नेपालमा जन्मेका थिएनन् कसैले भनोस् मात्रै, ऊ ठाडै ‘अराष्ट्रिय’, ‘देशविरोधी’ ‘राष्ट्रघाती’, ‘भारतीय दलाल’ भइजान्छ । आरोपहरू आउलान्, आलोचनमा परिएला भनेर सत्य नबोल्नु ठीक होइन । र, त्यो सत्य के हो भने बुद्ध जन्मँदै ‘नेपाली’ थिएनन् । न आजभोलि ‘परिशुद्ध नेपाली’ ठानिने दौरासुरुवाल–टोपीधारी गोर्खाली नै उनी हुन् ।

मूल विषयमा प्रवेशार्थ दुई वाक्यबाट छलफल थालौँ– एक, सिद्धार्थ गौतम अर्थात् पछिका बुद्ध नेपालमा जन्मेका होइनन् । दुई, ती बुद्ध ‘नेपाली’ पनि थिएनन् । सिद्धार्थ गौतम जन्मेका थिए लुम्बिनीमा, जुन ठाउँ आधुनिककालमा पत्तो लागेको सवा सय वर्ष मात्रै भयो । अनि नेपाल नामको देश जन्मनुभन्दा २२–२३ सय वर्षअघि नै दार्श्निक गौतम बुद्ध संसारभरिका आफ्ना बनिसकेका थिए, कुनै एक देश, एक राज्य र एक राजखलकबाट मुक्त भइसकेका थिए । नयाँ पत्रिकामा खबर प्रकाशित छ ।




भर्खरै