१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीले जोडबलमा महरलाई संयोजक बनाइएको भन्दै तामाङले गरे राजीनामा दिने तयारी



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको नेतृत्व चयन गर्दा आफुलाई अपमान गरेको भन्दै अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ राजीनामा दिने बताएका छन् ।

नेकपा सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजक ऐन महर र तामाङलाई सहसंयोजक तोकेपछि असन्तुष्टि रहेकाउनले उक्त निर्णय गरेका हुन् ।

तामाङले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा महरलाई संयोजक बनाइएको आरोप लगाएका छन् ।

तामाङ भने, ‘यो मेरो अपमान हो, नविना लामा संयोजक भएको भए म सहसंयोजक बन्थें । तर, महासचिवको मुनि बस्ने कुरा हुँदैन ।’

नेकपाले अन्य जनवर्गीय संगठनहरुको संयोजक पहिले अध्यक्ष जो थियो उसैलाई तोकेको छ । तर महासचिवलाई एकैपटक संयोजकको जिम्मेवारी दिइएको विद्यार्थी संगठनमा मात्र हो ।

त्यसैले तत्कालीन अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसरी जिम्मेवारी तोकिनुलाई विधि विपरित भनेर टिप्पणी गरेका छन् ।