
काठमाडौं । नेपाली युवाको मुख्य रोजगार गन्तब्यका रुपमा रहेको मलेसियाको रोजगारी गत वर्ष ४ जेठदेखि बन्द छ । स्वास्थ्य परीक्षण गर्ने, सुरक्षा जाँच गर्ने र भिसाको प्रक्रिया चलाउने कम्पनी ठगीको कारबाहीमा परेपछि कामदार मलेसिया जान पाएका छैनन् ।
गत आर्थिक वर्षमा १ लाख ३७ हजार तीन सय ११ मजदुर मलेसिया गएका थिए । यसवर्ष जम्मा २ हजार ७ सय ११ जनामात्रै मदलेसिया गएका छन् । तिनमा पनि एकवर्षअघि नै श्रम स्वीकृति लिएकाहरु मात्रै हुन् ।, नयाँ पत्रिका दैनिकमा खबर छ ।












