२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको हो ।

महालेखाले शंकास्पद रुपमा खडा गरिएको कम्पनी हाई–फ्लाई–एक्सको बिलबिजकमाथि समेत शंका व्यक्त गरेको छ ।

निगमले दुईवटा वाइडबडी विमानबाट मात्र २०७५ साउनदेखि पुससम्म ६ महिनाको नोक्सानी अनुमानित १ अर्ब ६६ करोड रुपैयाँ पुगेको समाचार कान्तीपुर दैनिकमा प्रकाशित छ ।