७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिस र हिमालयन शेर्पाले अंक बाँडे



अ+ अ-

काठमाडौं । कतार एअरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलको ५३ सेकेण्डमा नै कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाती अग्रता दिलाएका थिए । 

पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमनले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए । 

यस बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोड्दै चौंथो स्थानमा उक्लिएको छ ।

३ खेलमा २ अंक जोडे शेर्पा लिगको १२ औं स्थानमा रहेको छ । 

खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका जीवन गुरुङ घोषित भए ।