२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा विमान ठोक्किँदा चार जनाको मृत्यु



अ+ अ-

काठमाडौं । अमेरिकाको अलास्कामा सोमबार भएको विमान दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सोमकार एघार र पाँच जना यात्रु बोकेका दुई विमान आकासमा ठोक्किएर दुर्घटना भएको हो । ताकुवान एअरको विमान एघार जना यात्रु बोकेर उपचारका लागि अस्पताल लगिएको छ । विमानका पाइलटबारे कम्पनीले जानकारी दिएको छैन ।

पाँच जना सवार विमानका पाइलटसहित तीन जनाको मृत्यु भएको छ। उनीहरू तीनै जना अमेरिकी नागरिक थिए । अर्का एक जना मृतक कुन विमानमा थिए भन्ने यकिन भएको छैन। त्यस्तै दुई जना अझै वेपत्ता छन्।

दुवै विमानमा रोयल प्रिन्सेस क्रुज सिपका पर्यटक थिए। उनीहरू सात दिने भ्रमणमा हिँडेका थिए। कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटना स्थानीय समयानुसार १ बजे भएको जनाएको छ ।

दुर्घटनामा परेका विमान क्यानडाको भ्यानकोभर सहरबाट अलास्काको एंकोरेजको रूटमा आउँदै थिए । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य छ। मृतकमध्ये एक जना क्यानाडाका नागरिक रहेको पनि पुष्टि भएको छ । दुर्घटनाको कारणबारे छानबिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।




भर्खरै