२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षीया बालिकामाथि बलात्कार, प्रदर्शनपछि कर्फ्यू



अ+ अ-

काठमाडौं । भारत प्रशासित कश्मिरमा एक तीन वर्षीया बालिकामाथि बलात्कार भएको खबर सार्वजनिक भएको छ । घटनापछि बन्दिपुरा जिल्ला र घाटीका विभिन्न इलाकामा विरोध प्रदर्शन भए । बालिका र अभियुक्त संबुलका मलिक पुरा इलाकामा बस्छन् । यी क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

सुरक्षा बलले मलिक पुरा जाने सबै बाटो बन्द गरेका छन् । यहाँसम्म कि मिडियाकर्मीलाई पनि त्यहाँ जाने अनुमती छैन । इलाकामा कुनै पनि अप्रिय घटनासँग जुध्नका लागि सडकमा अत्यधिक मात्रामा सुरक्षा बल तैनाथ गरिएका छन् ।

बारामुला इलाकामा सोमबार हिंस्रक प्रदर्शन भए जसमा थुप्रै घाइते भएको खबर छ । एक प्रदर्शनकारीको स्थिती गम्भीर बताइएको छ ।

यो घटनापछि पूरा घाटीमा रोषको स्थिती छ । पुलिसले अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान अघि सारेको छ ।

बालिकाका पिता शायर अली डारले उनकी छोरीमाथि स्कूलको बाथरुमभित्र बलात्कार भएको जानकारी दिए । यो स्कूल उनको घर नजिकै छ ।

अली डारले बीबीसीसँग भने, ‘यो ९ मेको घटना हो । बेलुका करिब ७ बजे म रोजाका लागि मस्जिद गएको थिएँ । यसैबीच मेरी श्रीमती छोरीलाई खोज्दै घर बाहिर आइन् । उनले छोरीलाई बोलाइन् तर छोरीले बोलिनन् । उनी पटकपटक छोरीलाई बोलाइरहिन् । त्यसको केही बेरपछि स्कूलबाट केही आवाज आयो । त्यहाँ एउटा सानो पोखरी पनि छ । हामीले सोच्यौं कि उनी पानीमा डुबिरहेकी छिन्, त्यतिबेलासम्म हामीलाई वास्तविकताबारे थाहा थिएन ।’

अली भन्छन्, ‘छिमेकीका केही महिलाले मेरी श्रीमतीलाई स्कूलबाट केही आवाज आइरहेको बताउँदै छोरी पोखरीमा खसेको हुनसक्ने बताए । हामी पोखरीतिर गयौं तर त्यहाँ उनलाई देखिएन । हामी निकै आत्तिएका थियौं ।’

अलीले भने, ‘हामीले छोरीलाई एकपटक पुनः बोलायौं । यतिबेला छोरीको आवाज निकै मलिनो थियो । उनी मम्मी मम्मी भनिरहेकी थिइन् । त्यसपछि हामीले उनलाई निकै खराब स्थितीमा स्कूलको बाथरुममा पायौं । अभियुक्त त्यहाँबाट भाग्ने कोसिस गरिरहेका थिए तर हामीले उनलाई छिमेकीको सहयोगमा समात्न सफल भयौं । मेरी छोरीको कपडामा रगतको धब्बा थियो र बाथरुममा पनि रगत चुहिएका थिए । हामीले तत्काल अभियुक्तका पिता र भाइलाई बोलायौं र अभियुक्तको कर्तुतबारे जानकारी दियौं ।’

त्यसपछि अली डार र उनका छिमेकी सिधा पुलिस थाना गए र अभियुक्तलाई पुलिसलाई सुम्पिए । उनले भने, ‘हामी अभियुक्तलाई बच्चाबेला देखि नै चिन्दथ्यौं । उनी हाम्रा छिमेकी हुन् । अभियुक्तले मेरी छोरीलाई बारम्बार बाहिरसमेत लिएर जाने गर्दथे तर हामीले सपनामा पनि सोचेका थिएनौं कि यस्तो हुनेछ ।’

पुलिसको अनुसन्धानमा अली डार अहिलेसम्म सन्तुष्ट भएको बताउँछन् । उनले भने, ‘पुलिसले सहयोग गरिरहेको छ । अभियुक्तले कडाभन्दा कडा सजाय पाउनुपर्छ ।’

यद्यपी, अभियुक्तका पिता अब्दुल रहमानले आफ्ना छोरामाथि लगाएको आरोप खारेज गरेका छन् । उनले बीबीसीसँग भने, ‘यो आरोप शत प्रतिशत निराधार हो । यो जमिनसँग जोडिएको मामला हो । मैले आफ्नो घर उनीहरुलाई ९बालिकाका परिवार० बेचेको थिएँ । बालिकाको परिवारको बयान पूर्ण रुपमा गलत छ ।’

अभियुक्तका पिताको दाबी अनुसार उनका छोरालाई घटनास्थलबाट समातिएको थिएन, त्यतिबेला उनी आफ्नो घरमा थिए । उनले यदि यसमा छोराको गल्ती भए उनले सजाय पाउनुपर्ने पनि बताए ।

बन्दीपुरा पुलिस अधिक्षक राहुल मलिकका अनुसार अभियुक्तलाई पक्राउ गरिसकिएको छ र थप अनुसन्धान भइरहेको छ ।

राहुलले बीबीसीसँग भने, ‘घटना ९ मे बेलुकाको हो । अभियुक्तलाई पक्राउ गरिएको छ । अहिलेसमम यो मामलामा विशेष जाँच दल गठन गरेका छौं र बालिकाको स्वास्थ्य परीक्षण पनि गराइएको छ । यस मामलामा धेरैको बयान पनि लिइसकेको छ । बालिका करिब तीन वर्षकी छिन् ।’

अभियुक्तको उमेर कति हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘अहिले यो अनुसन्धानको विषय हो । अभियुक्त पढाई छोडेर बसेका छन् र अहिलेसम्म तीनवटा स्कूल फेरिसकेका छन् । हामी उनको उमेर पत्ता लगाउने कोसिस गरिरहेका छौं ।’

स्थानीयले स्कूलका प्रधानाध्यापकले उनको ९अभियुक्त० को नक्कली जन्मदर्ता जारी गरेर उनलाई नाबालिक देखाएको आरोप लगाएका छन् । एक स्थानीय व्यक्ति मोहम्मद असलमका अनुसार केही घण्टाभित्र यो प्रमाणपत्र जारी गरिएको छ जसमा उनलाई १० वर्षका चौथो कक्षाका छात्र बताइएको छ । असलमले पुलिसले पनि जन्मदर्ता गरिएको प्रमाणपत्र नक्कली हो भनेर स्विकार गरेको दाबी गरेका छन् ।

पुलिस अधिक्षक मलिकले यसबारे भने, ‘हामीले स्कूलका प्रधानाध्यापकलाई हिरासतमा लिएर सोधपुछ गरिरहेका छौं । उनको कुन परिस्थितीमा यस्तो गरे भनेर पत्ता लगाउने कोसिस भइरहेको छ । यसलाई कसले जारी गरे र कसले स्विकृति दिए भनेर हामी अनुसन्धान गरिरहेका छौं ।’ एजेन्सी