२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेहोसमै ४० मिनेटसम्म पाइलटले विमान उडापछि…



अ+ अ-

क्यानबेरा । अस्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् । प्राप्त जानकारीका अनुसार उनले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस्थामा विमान उडाउन सुरु गरेका थिए ।

अस्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो (एटीएसबी)ले ९ मार्चमा यो गम्भिर घटनाको विषयलाई लिएर एक रिर्पोट जारी गरेको थियो, जसमा फ्लाइट स्कुल फ्लाइट ट्रेनिङ एडिलेडको विमानलाई समावेश गरिएको थियो ।

एटीएसबीले भनेको छ, ‘ट्रेनी पाइलटले अडानभन्दा पहिला पर्याप्त निद्रा लिएका थिएनन् र उडानभन्दा पहिले चकलेट बार, एक इनर्जी ड्रिंक तथा थोरै पानी मात्रै पिएका थिए ।’

अस्ट्रेलियाको एबीसी न्युजले भेनेको छ, ‘आफ्नो ४० मिनेटको यात्राको अवधिमा ५ हजार ५ सय फिटमा उडान भरेको समयलाई उनले टाउकोमा दुखाई महसुस भएको थियो । यसपछि उनले अटोपाइलट खोले ।’ डायमन्ड डीए ४० विमानले एडिलेडको नियन्त्रण भएको हवाई क्षेत्रमा बिनाअनुमति प्रवेश गरेको थियो । यो समाचार कारोबारमा प्रकाशित छ ।