२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो अवस्थामा बालबालिकाको आँखामा पनि क्यान्सर



अ+ अ-

काठमाडौैं । राजधानीवासी एक बालिकाको जन्मेको सात दिनमै आँखाको नानीको भाग सेतो देखियो। आँखा रातो र रसिलो भइरह्यो। अस्पताल पुगेर परीक्षण गर्दासम्म लक्षणहरुले क्यान्सरको रुप लिइसकेको रहेछ।

सामान्य समस्या सोचेर अस्पताल पुगेका बालिकाका बाबुले आँखाको पनि क्यान्सर हुन्छ भन्ने पत्याउन सकेनन्। आत्तिए मात्र। चिकित्सकसँग परामर्शपछि उपचार थालियो। ६ पटक केमोथेरापी दिएपछि बालिका अहिले क्यान्सरमुक्त भइसकिन।

क्यान्सर मुक्त भए पनि उनको एउटा आँखा भने निकालिएको छ। चाँडै उपचार गरिएका कारण बालिकाको अर्को आँखा र ज्यान बचाउन सकिएको डा बेन लिम्बु बताउँछन्। विश्व स्वास्थ्य संगठनका अनुसार २० हजार नवजात शिशुमध्ये १ मा यस्तो समस्या देखिन्छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।