काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारी सहितका पदाधिकारीलाई हटाउने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्बोच्चले भण्डारीलाई हटाउने निर्णय गैरकानूनी भएको ठहर गर्दै पुनर्वहालीका लागि अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलवार भण्डारी सहितको तत्कालीन कार्य समितिलाई पुनर्वहालीको लागि आदेश दिएको हो ।अगिल्लो सरकारले नियुक्ति गरेका भण्डारीलाई बर्तमान सरकारले हटाएको थियो । सरकारको निर्णय बिरुद्ध भण्डारी अदालत जानु भएको थियो । अदालतले छलफलका लागि दुबै पक्षलाई बोलाएको छ ।












