३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाइने



अ+ अ-

नेपालगञ्ज । नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ ।

“हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । नगरमा थुप्रै विकास निर्माणका काम जारी रहेको जनाउँदै उहाँले विकासमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताबीचको सहकार्य पनि सौहार्दपूर्ण रहेको उल्लेख गर्नुभयो ।

नेपालगञ्ज–४ स्थित साढे चार बिघा जमीनमा अत्याधुनिक बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको, नेपालगञ्ज–२ न्यूरोडस्थित आठकट्ठा जमीनमा अत्याधुनिक बहुउद्देश्यीय साततले भवन, नेपालगञ्ज–८ स्थित मङ्गलप्रसाद मावि परिसरमा महिला कलेजको भवन निर्माणलगायत आधा दर्जनभन्दा बढी योजना मुख्य प्राथमिकतामा रहेको जनाइएको छ ।

यसैगरी भुईतले पार्किङसहितको सुविधा सम्पन्न ‘सपिङ कम्प्लेक्स’ निर्माणका लागि डिपिआर तयार भएको र अब निर्माण प्रक्रिया पनि चाँडै शुरु गरिने जनाइएको छ । उपमहानगरपालिकाले नगरको फोहर व्यवस्थापन र सरसफाइलाई पनि उच्च प्राथमिकतामा राखेर हिरमिनियामा निर्माण गरिएको ‘ल्याण्डफिल्ड साइट’ यही वैशाखदेखि सञ्चालनमा ल्याइने र यसमा दैनिक ३० टनसम्म फोहर विसर्जन गर्न सकिने जनाइएको छ ।