३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्ध–जोरपाटी सडक खण्ड कालोपत्रको माग गर्दै स्थानीय प्रदर्शनमा, प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी



अ+ अ-

काठमाडौं । लामो समयदेखि निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरूद्ध पारेका छन्।चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।

पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ। बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रर्दशनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।

प्रदर्शनकारीले सडकमा टायर समेत बालेका थिए । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताए ।

आफूहरूले साङ्केतिक विरोध कार्यक्रममात्र गरेको र भोलिका दिनमा थप कडा आन्दोलनसहित प्रस्तुत हुने व्यापारीले बताए।

सरकारले नागरिकको समस्याप्रति बेवास्ता गरिरहेको भन्दै मागको तत्काल सुनुवाइ हुनुपर्ने उनीहरूको माग छ।