३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फानी चक्रवातः भारतको भुवनेश्वर र पुरीमा एकसय ६३ जना घाइते



अ+ अ-

भुवनेश्वर । ‘फानी’ नामक चक्रवातका कारण भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा एकसय ६३ जना घाइते भएका छन् ।

पुरीमा एकसय ६० र भुवनेश्वरमा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका क्रममा अस्पताल भर्ना गरिएको राज्यको आकस्मिक सेवा केन्द्रले जानकारी दिएको छ ।

यस आँधीका कारण पसलहरु र पुरीमा रहेका मोबाइल फोन लगायत अरु सबै सञ्चार सम्पर्क अबरुद्ध भएको छ ।


उडिसाको पुरी, गान्जाम, कटाक र बालासोरे जिल्लामा करिब १४ लाख १८ हजारलाई फानी प्रभावित स्थानबाट सारी अन्यत्रै लगिएको छ । पुरीमा गत शुक्रबारदेखि फानीको प्रकोप शुरु भएको थियो ।