३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलेको जस्तो पहुँचका आधारमा बलात्कारको घटनामा सेटिङ हुँदैन् : खनाल



अ+ अ-


काभ्रे । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पहिलेको जस्तो पहुँचका आधारमा बलात्कारको घटनामा सेटिङ नहुने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षको उद्घाटन पछि बोल्दै आईजीपी खनालले बलात्कारको घटनाका विषयमा प्रहरीले मिलापत्र गराउँछ भन्ने भ्रममा नपर्न आग्रह गरेका हुन् ।

उनले प्रहरी संगठन भित्र कारबाही मात्र नभइ पुरस्कृत पनि गरिएको भन्दै राम्रालाई सम्मान पनि गर्ने संस्कारको विकास गरेको बताए ।

धुलिखेल नगरपालिकाले नवनिर्मित हिरासत कक्षमा ८ वटा टिभीसमेत उपलब्ध गराएको छ ।