३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरको कुटपिटबाट वृद्ध दम्पती घाइते, दुई तोला सुन लुटियो



अ+ अ-

चितवन । पूर्वी चितवनको राप्तीमा बुधबार बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् ।उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन्।

घाइते हुनेमा राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय ओम शर्मा पोखरेल र उनकी श्रीमती ६५ वर्षीया मनरुपा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुँडिएको जनाइएको छ। वृद्ध दम्पतीको साथबाट रिङ र सिक्री गरी करीब दुई तोला सुन लुटिएको प्रहरीले जनाएको छ।

पोखरेल दम्पतीको अवस्था खतरामुक्त रहेको र चोरी गर्ने समूहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले दिएका छन्। उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।