३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि कांग्रेसको जागरण अभियान : आसन र भाषणलाई छरितो बनाउने, उद्घाटनमा वरपिपलमा पानी हाल्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि देशैभर राष्ट्रिय जागरण अभियान सुरू गरेको छ। वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै जनतालाई बुझाउन कांग्रेसले जागरण अभियान सुरु गरेको हो ।

पार्टी संगठनलाई सुदृढ गर्न कांग्रेसको सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरि तीन चरणमा सञ्चालन हुनेछ । आजदेखि जेठ २५ गतेसम्म एक महिना पहिलो चरण अन्तर्गत ७७ जिल्लामा जागरणका कार्यक्रम हुनेछ।

‘हिमाल, पहाड, तराई(मधेश, नेपाली कांग्रेस’ नारासहित कांग्रेसका केन्द्रीय प्रतिनिधि जिल्लामा हुने जागरण अभियानका कार्यक्रममा खटेका छन्। संसद चलिराखेकोले सांसद रहेका केन्द्रीय सदस्यलाई भने जिल्ला प्रतिनिधिको रूपमा नखटाएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

यसैगरी, दोस्रो चरणमा भदौ २४ गते बीपी जयन्तीका दिन सुरु गरेर असोज ७ गतेसम्म १५ दिन सञ्चालन हुनेछ । तेस्रो चरणमा पुस ७ गते सुरु गरी पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

राष्ट्रिय जागरण अभियानमा पहिलो चरणमा ७७ जिल्लामा, दोस्रो चरणमा ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा र अन्तिममा ७५३ वटै स्थानीय तहमा कार्यक्रम गरिने जानकारी काँग्रेसले दिएको छ ।

पार्टीको संगठन सुदृढीकरण र सरकारका नराम्रा कामविरूद्ध जनतामा चेतना जगाउन भन्दै कांग्रेसले कार्यक्रम गर्न लागेको हो। जनजागरण अभियानका क्रममा भ्रष्टाचारविरूद्ध भातृ संस्था नेपाल तरुण दलले खबरदारी गर्नेसमेत कार्यक्रम छ।

काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवा सहभागी हुँदैछन् भने सातै प्रदेशमा हुने कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेसका नेताहरू पुगेका छन्।

सभापति देउवा प्रदेश नम्बर ३ अन्तर्गत काठमाडौंको कार्यक्रममा, वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश नम्बर २ को धनुषामा, उपसभापति विजयकुमार गच्छदार प्रदेश नम्बर १ विराटनगरमा, महामन्त्री पूर्णबहादुर खड्का गण्डकी प्रदेशको पोखरामा, अर्का महामन्त्री शशांक कोइराला प्रदेश नम्बर ५ को रुपन्देहीमा, कोषाध्यक्ष सीतादेवी यादव कर्णाली प्रदेशको सुर्खेतमा र उपसभापति विमलेन्द्र निधि सुदुरपश्चिम प्रदेशको धनगढीमा हुने कार्यक्रममा खटिएका छन्।

नयाँ के ?

कांग्रेसले केन्द्रदेखि टोलसम्म पार्टीले आयोजना गर्ने कार्यक्रममा आसन ग्रहण र भाषणलाई छरितो बनाउने भएको छ । त्यस्तै वरपिपल, समी वा यस्तै बिरुवामा पानी राखेर कार्यक्रम उद्घाटन गर्ने पनि भएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कार्यक्रममा धेरै नेतालाई आसनग्रहण गराउने र बोल्न दिएर समय खर्च भएको भन्दै उक्त योजना ल्याउन लागेको बताए ।

प्रवक्ता शर्माले भने, हामीले आसनग्रहण र भाषणलाई छरितो बनाउने काम व्यवहारमा लागू गर्छै ।

कांग्रेसले अब कार्यक्रममा कार्यक्रमका सभापति र प्रमुख वक्ता र सामूहिक आसनग्रहण गराउनेछ। उनका अनुसार कम्तिमा एक जना महिला वक्ता अनिवार्य बोल्नुपर्नेछ।

कार्यक्रममा विषय प्रवेश, महिला वक्ता र प्रमुख अतिथिको भाषण रहने गरी कांग्रेसले पार्टीका सबै निकायमा एउटै प्रकृतिको कार्यक्रमको तालिका पठाइसकेको छ।

१२ भाषाको गित

प्रवक्ता शर्माका अनुसार मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बु, थारु, राजवंशी, देउडा भाका र नेपाली भाषाका गरी १२ भाषामा पार्टीका गीत बनाइएको छ। उक्त भाषा बाहेकका अरु कुनै गित बजाउन पाउने छैन् ।