३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

“लथालिंग देशको भताभु्ग चाला, जसले सक्छ, उसैले खाला” भन्ने जस्तै गरी प्रमले लुटतन्त्र मच्चाए : पौडेल



अ+ अ-

सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्ने खालको भएकाले समस्या उत्पन्न भएको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सरकारको नीति तथा कार्यक्रममा भएका त्रुटीलाई प्रतिपक्षले सच्याउँदा समेत वेवास्ता गर्दै पेलेर पास गराउने कार्य भएको आरोप लगाए ।

नेता पौडेलले “लथालिंग देशको भताभु्ग चाला, जसजसले सक्छ, उसैले खाला” भन्ने जस्तै गरी लुटतन्त्र मच्चिएको आरोप लगाए।

राष्ट्रपति, प्रधानमन्त्री र नेताका नाममा सडक तथा विभिन्न कार्यक्रम ल्याइ सरकारले बद्नाम गर्ने काम गरेको उनले बताए । हावादारी र कपोकल्पित काम मात्र वर्तमान सरकारले गरेको उनको दाबी रहेको छ ।