३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी सिजनको च्याम्पियन्स लिगमा युनाइटेड छनोट हुन सकेन



अ+ अ-

काठमाडौं । पछिल्ला चार खेलमा जीत दर्ता गर्न नसकेको म्यानचेस्टर युनाइटेड आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको छ।

आइतबारको खेलमा हड्र्सफिल्डसँग १–१ को बराबरीमा रोकिएपछि लगातार तेस्रो पल्ट च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको हो ।

सन् २००८ मा च्याम्पियन्स लिग उपाधि उचालेको युनाइटेड सन् २०११ मा फाइनलमा बार्सिलोनासँग पराजित भएको थियो। च्याम्पियन्स लिगमा यो सिजन क्वार्टरफाइनलसम्म पुगेको क्लब प्रिमियर लिगमा ३७ खेलबाट ६६ अंक बटुल्दै छैटौँ स्थानमा छ।

प्रिमियर लिगका शीर्ष चार टोली च्याम्पियन्स लिगमा छनोट हुन्छन्। पाँचौँ स्थानको टोलीले युरोपा लिगको समूह चरण तथा छैटौँ स्थानका टोलीले युरोपा लिगको प्लेअफ खेल्न पाउनेछन्।

३७ खेलबाट ७१ अंक बटुल्दै चेल्सीले भने च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। प्रिमियर लिग उपाधिको होडमा रहेका म्यानचेस्टर सिटीको ९५ अंक छ र लिभरपुलको ९४ अंकका साथ यसअघि नै च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेका थिए।

प्रिमियर लिगको अन्तिम चरणको खेलपछि टोटेनह्याम र आर्सनलमध्ये एक टिम च्याम्पियन्स लिगमा छानिनेछ। चौथो स्थानमा रहेको टोटेनह्यामको ३७ खेलबाट ७० अंक र पाँचौँ स्थानको आर्सनलको ६७ अंक छ।