३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाटै बिरामी गायव, तालिमप्राप्त कुकुरले समेत भेटेन



अ+ अ-

तनहुँ । बन्दीपुर अस्पतालबाट उपचाररत रहेका एक विरामी बेपत्ता भएका छन् ।

जिल्लाको भानु नगरपालिका-१० का ५६ वर्षीय क्षयरोगी बद्रीबहादु गुइदे ६ दिनदेखी बेपत्ता भएका छन् । बन्दीपुर अस्पतालको क्षयरोग उपचार केन्द्रमा उपचाररत गर्दै आईरहेका गुइदे गएको १९ गतेबाट सम्पर्कविहीन भएको अस्पताल स्रोतले जानकारी दिएको हो ।

गुइदेका परिवारले अस्पताललाई दवाव दिएपछि अस्पतालको आग्रहमा स्थानीय प्रहरीले उनको खोजी गरेपनि अझैसम्म गुइदे फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

उनको खोजीमा नेपाल प्रहरी, मनकामना गण भानुका सशस्त्र प्रहरी बल, कुरिनटार लगायत प्रहरी परिचालन गर्नुका साथै पोखराबाट तालिमप्राप्त कुकुरसमेत भिmकाएर खोजी गरिरहेको प्रहरीले जनाएको छ ।