३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

फर्निचर उद्योगमा आगलागी हुँदा १० लाखको क्षति



अ+ अ-

लमही । दाङको एक फर्निचर उद्योगमा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगैस्थित ओम फर्निचर उद्योगमा आगलागी हुँदा उक्त मूल्यबराबरको धनमाल क्षति भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार सोमबार राति १२ बजेतिर आगलागी हुँदा एउटा मोटरसाइकल, एकथान काठ चिर्ने उपकरण, दुईजोर झ्याललगायत सामग्री जलेर नष्ट भएको थियो । समयमै प्रहरी पुगेर आगो निभएकाले थप क्षति हुनबाट बचेको उहाँको भनाइ थियो । आगो आज बिहान १ः१५ बजेतिर नियन्त्रणमा लिइएको थियो ।

उद्योगका सञ्चालक ओमनारायण चौधरीले भने विद्युत् चुहावट भएर नभई कसैले सुनियोजित तरिकाले आगो लगाएको हुनसक्ने बताउनुभयो । “विद्युत् सर्ट भएको भए विद्युत् तार भएको स्थानबाट आगो लाग्न शुरु गथ्र्यो होला”, उहाँले भन्नुभयो, “तर आगो मोटरसाइकल भएको स्थानबाट शुरु भएको छ, जसको नजिक विद्युत्को तारसमेत छैन ।”

आगलागी भइरहेको अवस्थामा पनि बाहिरका बत्ती बलिरहेको भन्दै यो विद्युत् सर्ट भएर नभई कसैले व्यक्तिगत रिसिइबीका कारण आगलागी गराएको हुनसक्ने भन्दै उहाँले यस विषयमा आफूले प्रहरीमा उजुरी दिने तयारी गरिरहेको जानकारी दिनुभयोे ।