३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती राजकुमार ह्यारीलाई पुत्र लाभ



अ+ अ-

काठमाडौं । बेलायती राजकुमार ड्युक अफ ससेक्स ह्यारीलाई पुत्र लाभ भएको छ । डचेस अफ ससेक्स मेगनले सोमबार बिहान ५ बजेर २६ मिनेटमा छोरालाई जन्म दिएको बकिङघम दरबारले जनाएको हो ।


यद्यपि उनी कहाँ सुत्केरी भएकी हुन् भन्नेबारे भने केही खुलाइएको छैन । नवजात शिशुको तौल ३।२६ किलो रहेको र आमा तथा शिशु दुबै स्वस्थ रहेको बताइएको छ ।

मेगन गर्भवती भएको ४१ औं सातामा सुत्केरी भएकी हुन् । मेगनले छोरालाई जन्म दिएपछि राजकुमार ह्यारीले परिवारमा नयाँ सदस्यको आगमनपछि आफू हर्षित बनेको प्रतिक्रिया दिएका छन् । छोराको जन्म भएपनि उसको नाम राख्ने विषयमा ह्यारीले सोचिरहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

राजकुमार ह्यारीले छोरालाई जन्मदिएको कुरा बेलायती महारानी एलिजावेथ, पति राजकुमार फिलिप तथा राजपरिवारका अन्य सदस्यलाई जानकारी गराइएको र सम्पूर्ण बेलायती राजपरिवार यो खबर सुनेर हर्षित बनेको बकिंघम दरबारले जनाएको छ । हालै जन्मेका शिशु बेलायती राजगद्दीको उत्तराधिकारीको रोल क्रममा सातौं नम्बरमा आउने छन् ।