३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेत्री पूजाको पारिश्रमिक ३ करोड



अ+ अ-

मुम्बई । बलिउड अभिनेत्री पूजा हेगडेको अहिले बलिउडमा निकै चर्चा छ । उनले हालै १५ दिनको अभिनयका लागि दुई करोड भारु पारिश्रमिक मागेकी छिन । उनको यो मागले बलिउड तताएको छ । बलिउड फिल्म ‘मोहनजोदारो’मा मुख्य भूमिका निभाइसकेकी पूजा हेगडेलाई धेरैले मन पराउँछन ।


उनी साउथ फिल्ममा लामो समयदेखि सक्रिय छिन् । निकै फिल्ममा मुख्य भूमिकामा देखिएकी छिन् । पूजाले बलिउडमा भने अहिलेसम्म एउटै फिल्ममा पनि काम गरेकी छैनन् ।

अहिले बलिउडमा निर्देशक हरिश शंकर पूजाले अभिनय गर्ने भनिएको फिल्म ‘वाल्मीकि’लाई लिएर चर्चामा छन् । यस फिल्मका लागि निर्माताले मुख्य अभिनेत्रीको भूमिकामा पूजा हेगडेसँग सम्पर्क गरेका थिए ।
भारतीय मिडियामा चलिरहेको खबरअनुसार यस फिल्मका लागि पूजाले १५ दिन सुटिङ गर्दा दुई करोड पारिश्रमिक मागेकी हुन् । तर, अहिलेसम्म निर्माता र पूजा हेगडेले पारिश्रमिकलाई लिएर आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।