२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाइ तिर्नुपर्ने तीन अर्ब २१ करोड रुपैयाँ ऋण नेपालले अझै तिरेन



अ+ अ-

काठमाडौँ । नेपालले सेनाका लागि ०६२/६३ पछि भारतसँग सैन्य सामाग्री खरिदबापत तीन अर्ब २१ करोड रुपैयाँ ऋण तिर्ने जानकारी गराएको पाँच महिना भएको छ ।

रक्षा मन्त्रालयले पठाएको ऋण तिर्ने प्रस्तावको फाइल पाँच महिनादेखि अर्थ मन्त्रालयमा रोकिएको छ ।

गत २८ मंसिरमा काठमाडौँमा नेपाल–भारत सैन्य मामिलासम्बन्धी द्विपक्षीय परामर्श समूहको १३औँ बैठकमा नेपालले भारतीय अधिकारीलाई औपचारिक रुपमा यो जानकारी दिएको समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।