३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाइजो नदिँदा हत्या गरिएको आशङ्का



अ+ अ-

बाँके । गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या आरोप लगाइएको छ ।नौ महीनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवकारका सदस्यहरूले गरेका छन् तर माइती पक्षले भने हत्या भएको आरोप लगाएका हुन् ।

नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै रुक्सराका बुबा इस्लाम अहमद कुरैसीले मागेजातिको दाइजो नदिएकै कारण उनको हत्या गरिएको जिकिर गर्नुभएको हो। भारत नारापारा घर भई कैलालीमा डेरा गरी बस्दै आएका साहेबेसँग विवाह गरेकी रुक्सरा गत बिहीबार रुक्सरा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । बुवा इस्लामले छोरीलाई मारेर झुण्ड्याइएको जिकिर गर्दै भन्नुभयो, “मैले हत्या हुनुअघि छोरीसँग फोनमा कुरा गरेको थिए । घर परिवारको अगाडि नै रहेकी रुक्सरा मसँग पनि राम्ररी बोलेकी थिइनन् ।” माइती पक्षका अनुसार घर परिवारले दैनिक ‘टर्चर’ दिइरहेकाले रुक्सराले दुई दिनदेखि खाना खाएकी थिइन् ।

घर परिवारले रु तीन लाख र एउटा पल्सर मोटरसाइकल दाइजो ल्याउन दबाब दिइरहेकाले आफू जग्गा बेचेरै पनि मागेको रकम र मोटरसाइकल दाइजो दिने मनसायमा रहेको उहाँको भनाइ थियो । हत्या भएको एक घण्टाअघि छोरीसँगको कुराकानीमा आफूले “म भोलि नै कैलाली आएर छलफल गर्छु । जग्गा बेचेरै भए पनि तीन लाख र मोटरसाइकल दाइजो दिउँला । अहिले परिवारसँग केही विवाद नगर्नू” भनेको बुबा इस्लामले बताउनुभयो । केही घण्टापछि नै फेरि फोन आउँदा छोरीले पासो लगाएर आत्महत्या गरेको जानकारी दिइयो ।

“होचो टीनले छाएको कोठामा उनीहरू बस्छन् । त्यहाँ झुण्डिएर आत्महत्या गर्न सम्भव नै छैन । त्यसमा पनि सबै घर परिवार घरमै रहेको बेलामा मेरो छोरीले कसरी झुण्डिएर आत्महत्या गरिन्”, बुवा इस्लामले भन्नुभयो, “सबैले मिलेर घाँटी थिचेर मारेपछि झुण्ड्याइएको हो ।” दाइजो दिन्छुभन्दा पनि छोरीको हत्या गरिएको उहाँको भनाइ थियो ।