२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चन बिरामी, १५ सेकेन्ड पनि उभिन सकेनन् !



अ+ अ-

काठमाडौं । बिग बीको नामले चर्चित अमिताभ बच्चनका प्रशंसक अत्यधिक छन् । भारतीय प्रशंसकले अमिताभलाई यति प्रेम र सम्मान गर्छन् कि उनको एक झलक पाउन घण्टौं प्रतिक्षा गर्छन् । अमिताभ पनि उनीहरुलाई निराश बनाउँदैनन् । हरेक आइतबार घरको प्राङ्गणमा राखिएको एउटा अग्लो स्थानमा बसेर घरको गेट बाहिर उभिएका हज्जरौं प्रशंसकलाई नमस्कार गरेर हात हल्लाएर भेट गर्छन् । यो करिब १५ देखि २० मिनेटसम्म हुन्छ । तर यो आइतबार यस्तो हुन सकेन । अमिताभले सोसल मिडियामा स्वास्थ्यमा आएको खराबीका कारण आफूले यस्तो गर्न नसकेको जानकारी दिए ।

७६ वर्षीया बच्चन, पछिल्लो ३६ वर्षदेखि हरेक आइतबार जुहुस्थित आफ्नो आवास जलसामा प्रशंसकलाई दर्शन दिन्छन् । उनको यो साप्ताहिक भेट कार्यक्रमको नाम ‘सन्डे दर्शन’ हुन्छ । तर हिजो ९२२ बैशाख० मा उनले प्रशंसकलाई आफ्नो दर्शन दिन सकेनन् । आफ्नो ट्वीटर अकाउन्टमा उनले यसबारे जानकारी दिँदै लेखे, ‘आज सन्डे दर्शन गर्ने छैन । तपाईंहरु सबैलाई यो जानकारी दिन चाहन्छु कि स्वास्थ्य खराब छ, चिन्ताको कुनै कुरा छैन, बाहिर मात्र आउन नसक्ने भएको छु ।’

फिल्मको कुरा गर्ने हो भने बच्चन यतिबेला ‘ब्रह्मास्त्र’ र ‘तेरा यार हूँ’ नामक फिल्मको सुटिङमा व्यस्त छन् ।