३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले १३ वर्षदेखिका विद्यार्थीलाई राजनीतिक प्रशिक्षण दिने



अ+ अ-

काठमाडौं । नयाँ पुस्तालाई पार्टीप्रति आकर्षित गर्न नेपाली कांग्रेसले १३ वर्षदेखिका विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले १३ देखि १८ वर्षका विद्यार्थीका लागि प्रशिक्षण दिने निर्णय गरेको हो ।

कांग्रेसबाट जितेका गाउँपालिका प्रमुखरउपप्रमुखको भेला काठमाडौंमा गर्ने, भातृ र शुभेच्छुक संस्थालाई प्रशिक्षण दिने, कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गर्न १३ वर्षदेखि २८ वर्ष उमेरसम्मकालाई प्रशिक्षण गराउनेलगायत कार्यक्रम छन्।

विद्यार्थीहरूलाई राष्ट्रियता, लोकतन्त्र, समाजवाद, कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको जीवनी, नेतृत्वको योगदान, नेपाल परिचय, इतहास, संस्कृति, सम्पाद लगायतका विषयमा जानकारी दिने उद्धेश्यले यस्तो कार्यक्रम गर्न लागेको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिएका छन् ।

पार्टी सचिव मुक्ति आचार्यले आइतबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार वैशाख १९ देखि आजसम्म चलेको बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ।

पार्टीले देशैव्यापी सञ्चालन गर्न लागेको राष्ट्रिय जनजागरण अभियान पूर्ण रूपमा सफल पार्न प्रतिष्ठानका कार्यक्रम समन्वयात्मक रूपमा गर्ने तथा दुवै संसदका सांसदलाई प्रशिक्षण दिने पनि प्रतिष्ठानको तयारी छ।




भर्खरै