३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड



अ+ अ-

काठमाडौं । वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ ।

बहुप्रतिक्षित १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भई परीक्षणसमेत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सो प्रसारण लाइनको इलामको सोयाक–पाँचथरको खण्डको निर्माण सम्पन्न भएको छ ।

सो प्रसारण लाइनको शनिबारदेखि परीक्षण प्रसारण शुरु गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्राधिकरणको सोयाकबाट एउटा लाइन इलामको गोदक र अर्को लाइन झापाको लखनपुरमा जोडिएको छ । सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमस्थिति थापाटार सबस्टेशनमा जोडिएको छ । कूल ४२ दशमलव ८८ किलोमिटर लामो सो प्रसारण लाइनको दोस्रो खण्डमा १२६ वटा टावर रहेका छन् ।

कार्यकारी निर्देशक घिसिङले फिदिम–अमरपुर तेस्रो खण्डको निर्माण अगामी असारभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण भएको हो । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो । आयोजनाले निर्माण गर्नुपर्ने २६१ वटा टावरमध्ये तेस्रो खण्डको एउटाको मात्रै काम बाँकी रहेको छ ।

खनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारण लाइन २०७२ असोजदेखि सञ्चालनमा आइसकेको छ । आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार र अमरपुरमा १३२÷३३÷११ केभी सशस्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।

काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४ दशमलव ९ मेगावाटको हेवाखोला ‘ए’ र २२ दशमलव १ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिनेछन् ।

कूल १३ दशमलव ३३ किलोमिटर लम्बाइ भएको तेस्रो खण्डमा पर्ने ४० वटा टारमध्ये ३९ वटाको निर्माण सकिएको छ।

कूल ३७ दशमलव ६ मेगावाट क्षमताको को काबेली ‘ए’, २५ मेगावाटको काबेली बी–१, १० मेगावाटको रैराङलगायत निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाहरुको विद्युत् तेस्रो खण्डमा जोडिनेछ । काबेली करिडोर प्रसारण लाइन निर्माण करीब १० वर्षअघि शुरु गरिएको थियो ।




भर्खरै