३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

फानी आँधीबाट बंगलादेशमा १२ जनाको मृत्यु



अ+ अ-

खुलान । बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ ।

यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको सो बाढीका परी २ हजार भन्दा बढी घरहरु ध्वस्त भएको एएफपी समाचार समिति जानकारी दिएको छ ।

छ व्यक्तिको रुस र पर्खालहरु ढलेर मृत्यु भएको छ भने, अन्य छ जनाको चट्याङको कारण मृत्यु भएको बंगलादेशी विपद व्यवस्थापन अधिकारी बेनाजिर अहमदले एएफपी सामाचार समितिलाई बताउनु भएको छ ।

बङ्गलादेशी अधिकारीहरुले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत सेवा अबरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् ।

टेलिभिजनहरुले तटीय क्षेत्रहरुमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीहरुले दशौं हजार मानिसलाई सुरक्षित स्थलमा पु¥याएका छन् ।

सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बंगलादेशमा ताण्डब मच्याउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।




भर्खरै