३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी सोमवार बाग्लुङ जाने, यस्तो छ कार्यक्रम



अ+ अ-

काठमाडौं । सोमवार राष्ट्रपति विद्यादेवी भण्डारी बाग्लुङ जाने भएकी छन् । जिल्लाको अमलाचौरमा आयोजित एक कार्यक्रममा सहगाभी हुने बतईएको छ ।

राष्ट्रपति स्वर्गीय समाजसेवी हिरण्यप्रसाद ढकालको स्मृतिमा उनका छोराहरु चन्द्रप्रसाद ढकाल र हेमराज ढकालद्धारा निर्मित विद्यालय भवन हस्तान्तरण र पूर्वविद्यार्थीहरुको सकृयतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्धघाटन गर्ने कार्यक्रमतय भएको पृथ्वी हिरण्य माध्यमिक विद्यालयले जनाएको छ ।

उद्यमी ढकाल दाजुभाईले करिब साढे ६ करोड रुपैयाँ लागतमा सो अत्याधुनिक विद्यालय भवनको निमार्ण कार्यक्रमलाई राष्ट्रिय सभामा सत्तारुढ दलका नेता दिनानाथ शर्मा, सांसदद्धय डा. सूर्य पाठक, देवेन्द्र पौडेल लगायतले सम्वोधन गर्ने कार्यक्रमतय गरिएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले पूर्वविद्यार्थी तथा गैरआवासीय नेपालीहरुबाट संकलित ५० लाख रुपैयाँको अक्षयकोषको चेक राष्ट्रिपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिने छ ।

पूर्वविद्यार्थीहरुले सो विद्यालय हाताभित्र अत्याधुनिक कप्पुटर ल्याव, विज्ञान प्रयोगसाला स्थापना गरेका छन् । यसअघि सो विद्यालय भवनको सिलन्यास गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षद्धय शेष घले र जीवा लामिछानेको विशेष उपस्थितीमा गरिएको थियो ।




भर्खरै