२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नी छोरीकी पिता तथा ब्याइफ्रेण्डसँग विवाह गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आरडनको उनको लिभ–इन–पार्टनर क्लार्क गेफोर्डसँग विवाह हुने भएको छ । न्युजिल्याण्डको प्रधानमन्त्री कार्यालयले यस समचारको पुष्टि गरेको छ । शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री आरडनको बायाँ हातको बीचको औंलामा हिराको औंठी देखिएकाले यसबारे अनुमान सुरु भएको थियो ।

पत्रकारितामा इन्टर्नशिप गरिरहेका एक युवाले यस विषयमा सबैभन्दा पहिले सोधखोज गरेका थिए । उनले प्रधानमन्त्री कार्यालयसँग यसबारेमा प्रश्न गर्दा कार्यालयले सकारात्मक जवाफ दियो । आरडनका प्रेमी क्लार्क पेसाले टीभी प्रस्तोता हुन् । दुई जना धेरै पहिलेदेखि सम्बन्धमा रहँदै आएका छन् । उनीहरुबीच विवाह नभए पनि पहिलेदेखि सँगै बस्दै आएका थिए । दुईको सम्बन्धबाट एक छोरी छिन् ।

प्रधानमन्त्री पदमै रहँदा गर्भ बसेपछि आरडन अन्तर्राष्ट्रिय मिडियामा चर्चामा आएकी थिइन् । आरडन पाकिस्तानकी पूर्व–प्रधानमन्त्री बेनजिर भुट्टोपछि पदमा रहँदै आमा बन्ने दोस्रो महिला प्रधानमन्त्री हुन् । यही वर्ष जनवरीमा एक अन्तरवार्तामा आरडनलाई प्रेमीलाई विवाहको लागि प्रपोज गर्ने सम्भावनाबारे प्रश्न गर्दा उनले भनेकी थिइन्, “नाई १ म उनलाई प्रपोज गर्दिन । उनी आफै विवाह र प्रपोजका प्रश्नहरुको सामना गरुन् भन्ने म चाहन्छु ।”

विवाह हुने पक्का भएको समाचार बाहिरिएपछि आरडनले रेडियो न्युजिल्याण्डसँग बौल्दै भनिन्, “म निक्कै भाग्यमानी छु । मसँग यस्तो साथी छ, जो मलाई साथ दिन्छ, जसले ठुल–ठुला जिम्मेवारी माझ मलाई साथ दियो ।”