
काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको नाफा साढे तीन अर्ब रुपैयाँले घटेको छ। एनसेलको प्यारेन्ट कम्पनी आजियाटा मलेसियाले मंगलबार सार्वजनिक गरेको सन् २०१८ को वार्षिक प्रतिवेदनअनुसार एनसेलको नाफा १८ अर्ब ९० करोड रुपैयाँबाट घटेर १५ अर्ब ३० करोडमा झरेको हो।
सन् २०१७ मा १८ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको एनसेलले सन् २०१८ मा १५ अर्ब ३० करोड रुपैयाँमात्रै खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार एनसेलको सन् २०१६ मा नाफा २० अर्ब ३० करोड थियो। निरन्तर रूपमा घट्दै गएको एनसेलको नाफामा योपटक टेलिकम क्षेत्रमा बजेटमार्फत गरिएको करसम्बन्धी नीतिगत परिवर्तनले ठूलो असर पारेको प्रतिवेदनमा उल्लेख छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।












