२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशियाको उत्कृष्ठ ३ सय भित्र त्रिभुवन विश्वविद्यालय



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ बिश्वबिद्यालयको २ सय ५१ देखि ३ सयमा परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेशनले गरेको ¥याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो ।

एशियाक्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब ३ हजार भन्दा बढी विश्वविद्यालय छनौट गर्दा त्रिवि उत्कृष्ठ ३ सय भन्दा कम स्थानमा पुग्न सफल भएको छ । सो संस्थाले विश्वविद्यालय छनौट गर्न विभिन्न क्षेत्र तय गरेको थियो । र्याङकिङमा सहभागि हुन विश्वविद्यालयले सोही अनुसार विवरण पेश गरेको थियो ।

सो संस्थाले गत वर्ष सन् २०१९का लागि विश्वभरका विश्वविद्यालयका लागि सार्वजनिक गरेको र्याकिङमा त्रिवि एक हजार भन्दा मुनी परेको थियो । गत वर्ष गरेको निर्णय अनुसार त्रिवि ८ सय १ देखि १ हजारभित्र परेको जनाएको थियो ।

यो वर्ष एशियाली मुलुकका विश्वविद्यालय छनौट गरी निर्णय सार्वजनिक गर्न लागेको हो । टाइम्स हायर एजुकेशनले मंगलबार त्रिविलाई इमेल पठाएर सन् २०१९को लागि सो विश्वविद्यालय ३ सय भन्दा मुनी परेको उल्लेख गरेको नेपाल समाचारपत्र दैनिकमा खबर प्रकाशित छ ।